दफा ३०
सीपमूलक तालिम लिनु पर्ने
: कुनै सीपमूलक तालिम आवश्यक पर्ने काम गर्न वैदेशिक रोजगारमा जाने कामदारले नेपाल सरकारबाट मान्यताप्राप्त संस्थाबाट त्यस्तो तालिम लिनु पर्नेछ ।
स्पष्टीकरण : यस दफाको प्रयोजनको लागि “नेपाल सरकारबाट मान्यताप्राप्त संस्था” भन्नाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र त्यस्तै प्रकारका तालिम दिन प्रचलित कानून बमोजिम स्थापित भई उक्त परिषद्सँग आबद्ध अन्य संस्था समेतलाई सम्झनु पर्दछ ।